प्राध्यापक मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकाबीच उहाँलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गर्नुभयो ।

शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँलाई पुरस्कृत गरिएको हो । ४२ वर्ष लामो शिक्षण पेशामा आवद्ध भई शिक्षाको विकासमा सहयोग पुर्‍याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो ।

पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जंगमले गरिदिएका हुन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एक जना भक्तपुरकालाई प्रत्येक वर्ष एक जनालाई यो पुरस्कारबाट सम्मानित गर्ने जंगले प्रतिवद्धता जनाउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार