काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घरभित्रै मृत्यु भएको अवस्थामा चार जनाको शव भेटिएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्माको घरभित्रै मृत्यु भएको हो । दुई दिनको अर्का एक नाबालकको उपचारका क्रममा मृत्यु भएको छ भने २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदैछ । नागरिक खबरबाट