छोरी पाउने सबैभन्दा भाग्यमानी हुन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उहाँले महिलाहरु शसक्त हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताउनुभयो । उहाँले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले छोरीहरू पढाईमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताउनुभयो ।

शारिरिक रुपमा पुरुषजति बराबर हुन नसकेपनि बौद्धिक रुपमा महिलापनि पुरुषभन्दा अगाडि रहेको ओलीको भनाइ छ । उहाँले महिला पीडित हुने विषयलाई गम्भीर रुपमा लिएको बताउँदै गत वर्ष एसिड आक्रमणका सन्र्दभमा कडा खालको कानुन ल्याएको उल्लेख गर्नुभयो । मनुस्मृतिमा महिला बिरुद्ध भएका कुरा पछि पण्डितहरूले ४ सय श्लोक थपेर विकृत बनाईदिएको उहाँको दावी छ ।

मनुस्मृतिमा ४ सय नचाहिने श्लोक घुसाएर मनुस्मृतिको बदनाम गरिएको उहाँले बताउनुभयो । बालक हुँदा बावुको संरक्षणमा, युवा हुँदा पतिको संरक्षणमा र बुढो भएपछि सन्तानको संरक्षणमा रहने भनेर मनुस्मृतिमा पछि थपिएको बताउदै महिला हरेक कुरामा सक्षम रहेको उल्लेख गर्नुभयो । उहाँले महिला शिक्षालाई व्यापक बनाउनुपर्ने बताउदै छोरा र छोरीमा अझै विभेद रहेको बताउनुभयो ।

उहाँले राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पु¥याएको बताउनुभयो । यस्तै संसदमा ३३ प्रतिशत र स्थानीय तहको जनप्रतिनिधिमा ४१ प्रतिशत महिला सहभागी गराएको बताउदै विश्वका शक्तिशाली देशलाई नेपालमा ३३ प्रतिशत महिला सहभागिता गराएको भन्दा जिब्रो टोक्ने गरेको उल्लेख गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार