अब नेपाल आउँदा पीसीआर वा खोप कार्ड देखाए पुग्ने

काठमाडौँ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ ।

अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको बताउनुभयो । ‘अब अन्तर्राष्ट्रिय प्रवेश बिन्दुबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ पेस गरे पुग्ने छ । यसबाहेक कानुनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने छ,’उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार