धानमा बाला नलागेर पीडित बनेका किसान पुनः आन्दोलित

काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित भएका छन् ।डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विरोध सभा गरेका हुन् ।

अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित कृषक आशिष अधिकारीले गुनासो गर्नुभयो ।

सरकारले घोषणा गरेको राहत रकम उपत्यकामा बूढानीलकण्ठका थोरै किसानले मात्रै पाएको उहाँले गुनासो गर्नुभयो । तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी उनीहरुको छ । किसानलाई समयमै मल, बीउ र विषादीको उपलब्धता गराउन पनि उनीहरुले सरकारसँग माग राखेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार