बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लि.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा थापा चयन हुनुभएको हो । थापा यसअघि कम्पनीको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । समिचिको सञ्चालकहरुमा सुमन श्रेष्ठ ,जानबहादुर केसी ,कृष्णबहादुर घर्ति ,चन्द्रबहादुर क्षेत्री ,नारायण थापा र छत्रराज थापा चयन हुनुभएको कम्पनीका कार्यालय प्रमुख देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।
तत्कालिन म्याग्दी यातायात व्यवसायी समितिका संस्थापक अध्यक्ष गोपाल भट्टचनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सहभागिहरुले इन्धनको मुल्यबृद्धी अनुसार यातायात भाडादरसमायोजन गर्नुपर्ने गा्रमिण सडकको स्तरोन्नती र सुधार गर्न दवाव दिनुपर्ने लगायतको बिषयमा छलफल गरेका थिए । कम्पनीमा म्याग्दीबाट लामो तथा छोटो दुरिमा चल्ने सवारी धनीहरु आवद्ध छन् । महँगो ब्याजदर र अस्वस्थ प्रतिस्पर्धाका कारण पलायन हुनुपर्ने अवस्था आएको व्यवसायीहरुको गुनसो थियो ।


























