नेपाल शिक्षक संघ बेनी नगरको अध्यक्षमा महत

बेनी । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत चयन हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव हरिप्रसाद ढुंगाना,सहःसचिव गोविन्द प्रसाद रिजाल,सहःसचिव महिला कमला पौडेल शर्मा, सहःसचिव अर्थ कासिराम पौडेल, सहःसचिव समावेशी कर्णबहादुर घर्ती मगर,सहःसचिव समावेशी चन्द्रा गिरी बोगटीलाई हुनुहन्छ ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा मनबहादुर पुन, इन्द्रप्रसाद रेग्मी,शिवराम पौडेल, इब गिरी, भोजनाथ शर्मा, रामबहादुर छन्त्याल, लक्ष्मी सुबेदी पौडेल, खड्क बहादुर खत्री, ठाकुरप्रसाद पौडेल, पदम विक, चितकुमारी खड्का, यामबहादुर खत्री, गोविन्द प्रसाद पौडेल र चिन्तामणी शर्मा रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गदै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले पेशागत जिम्मेबारीसँगै संघमार्फत पार्टीका अभियानलाई समुदायसम्म पुर्याउन समेत रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । सभापति गर्बुजाले पार्टीमार्फत पेशागत संघसंस्थालाई आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने बताउनुभयो ।

अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टी उपसभापति एवं बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, सचिव भरत रकाल, नेपाली कांग्रेस प्रदेश कका सभापति ओम छन्त्याल, निर्वतमान उपसभापति माधवप्रसाद रेग्मी, निर्वतमान सचिव मिनबहादुर कार्की, महाधिवेशन प्रतिनिधि मुकुन छन्त्याल, शिक्षक संघ गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष केशबप्रसाद रेग्मी, म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री, निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदी, शिक्षक महासंघ बेनी नगरपालिका अध्यक्ष दिपक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनको अध्यक्षता बेनी नगरका निर्वतमान सभापति काशिराम सुबेदी, स्वागत सुरेन्द्र केसी र सञ्चालन भरत थापाले गर्नुभएको थियो । म्याग्दीका ६ वटै पालिकामा नेपाल शिक्षक स्थानीय तह स्तरीय अधिवेशन सम्पन्न भएको नेपाल शिक्षक संघका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार