काठमाडौँ । सुनसरीमा प्रहरीले मानव तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।भारतको बिहार सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो।
फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए।फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सेतोपाटीबाट