पेट्रोलको मूल्य रियल टाइममै समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताउनुभयो ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।’औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उहाँले उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार