
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच छलफल भएको छ ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयनको मागमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको विषयमा भने पार्टी प्रवक्ता प्रकाण्डले खुलाएका छैनन् ।२०७७ को फागुन २० गते ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो । सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संघर्ष छाडेर विप्लव नेतृत्वको नेकपा मूल धारको राजनीतिमा आएको थियो । तर, सहमतिअनुसार विप्लवका नेता तथा कार्यकर्ता कारागारबाट रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज नभएपछि आफ्ना माग पूरा गरिदिन विप्लव नेतृत्वको नेकपाले देउवा नेतृत्वको सरकारसँग भेटवार्ता आएको छ । नागरिक खबरबाट