
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उहाँले बताउनुभयो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नागरिक खबरबाट