झलनाथप्रति नेम्वाङको कटाक्ष : उहाँको झलझली याद आउँछ, नाम चाहिँ बिर्से

काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उहाँकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।

‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला रु चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गर्नुभयो ।

उहाँले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गर्नुभयो । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गर्नुभयो । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई–मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भन्नुभयो, ‘मैलै नाम चाहिँ बिर्से ।

उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’ एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुनुहुन्छ । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेकर खनाल प्रधानमन्त्रीसमेत भइसक्नुभएको छ । हाल एकीकृत समाजवादीमा हुनुहुन्छ । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै हुनुहुन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार