लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताउनुभएको हो । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताउनुभयो । सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास अघि देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गर्नुभएको थियो ।onlinekhabar 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार