वीरगञ्जका नेता राजेशमान सिंह जसपामा प्रवेश

वीरगञ्ज । वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गर्नुभएको हो ।

सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुनुहुन्छ । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गर्नुभएको थियो । तर एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उहाँ असन्तुष्ट हुनुभएको थियो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार