कांग्रेसलाई जिताउन टोलमै खटिनू,अन्त नजानू : प्रवक्ता महत

दाङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीका उम्मेदवारहरू जिताउन टोलमै खटिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस तुलसीपुरले आइतबार बेलुकी आयोजना गरेको कार्यक्रममा बोल्दै महतले पार्टीको आधारस्तम्भ भनेको स्थानीय तह भएकोले बहुमत प्राप्त हुने गरी खट्नुपर्ने बताउनुभयो।

स्थानीय तहमा धेरै सिट जित्न सके मात्रै प्रदेश र संघीय चुनाव जित्न कांग्रेसलाई सजिलो हुने उहाँको भनाइ थियो।‘कांग्रेसलाई कसरी बिजयी गराउने भन्ने अर्जुनदृष्टि राखेर आफ्नै टोलमा खटिनुस्,’ उहाँले भन्नुभयो , ‘यतिखेर अन्त कतै नजानुस्।’उहाँले १४ औं महाधिवेशनमा पराजित भएकाहरू पनि स्थानीय चुनाव तयारीमा खटेर लाग्नुपर्नेमा जोड दिनुभयो । ‘म पनि चुनाव हारेको हुँ,’ उहाँले भन्नुभयो, ‘आन्तरिक चुनावमा प्रतिस्पर्धा स्वभाविक हो, त्यसैमा रूमलिनु भएन।’

उहाँले जनतासँग पार्टीको सम्बन्ध बलियो बनाउनुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले सबै पार्टीका नेताहरू मिलेर एमसिसी परियोजना नेपालमा ल्याएको र प्रतिनिधि सभाबाट अनुमोदन पनि भइसकेको बताउनुभएको थियो । उहाँले एमसिसीबारे कम्युनिष्टले अनावश्यक भ्रम छरेको आरोप लगाउनुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार