
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताउनुभएको छ । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध्यक्ष नेपालले सत्तागठबन्धनमा रहेका दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको बताउनुभएको थियो ।
‘चुनावमा तालमेल हुन्छ । तर, मोडेलको विषयमा छलफल भएको छैन । आन्तरिक रुपमा रिर्पोटिङ पनि चलिरहेको छ । त्यसपछि मोडेलको विषयमा पनि छलफल हुन्छ।’ अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै वाइबाले भन्नुभयो ।
सत्ता गठबन्धनमा स्थानीय तहको चुनावमा हुने गठबन्धनबारे अझैं निर्णय हुन सकेको छैन् । गठबन्धन आवद्ध दलका स्थानीय तहमा खटिएको टोलीले ‘रिर्पोट’ बुझाएपछि मात्रै तालमेलको ठोस कुरा हुने नेताहरुले बताइरहेका छन् । अनलाइनखबरबाट