एमाले कम्युनिष्टमा मात्र होइन समग्रमा ठूलो पार्टी हो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताउनुभएको छ । उहाँले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताउनुभयो ।

‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘जनपरिचालन कसरी गर्ने यही बैठकले तय गर्नुपर्छ।’उहाँले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताउनुभयो। ‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ यो गलत छ,’ उहाँले भन्नुभयो, ‘हामी समग्रमा ठूलो पार्टी हो । प्रजा परिषद पनि यसमैमा समाहित भएको छ । यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौं।’

उहाँले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताउनुभएको थियो । उहाँले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताउनुभयो । उहाँले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताउनुभयो । केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उहाँको भनाइ थियो । उहाँले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गर्नुभएको थियो । उहाँले पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार