
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव भएको बताउनुभएको छ । इमान्दारीताले नै राजनीतिमा विश्वसनीयता बढ्ने र भ्रष्टाचार न्युनीकरण हुने अवस्था आउने उहाँको भनाइ छ ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्वको रुपमा आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरुको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको समेत बताउनुभयो । सो क्रममा उहाँले प्राज्ञिक क्षेत्रमा लामो समय कार्यरत विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा स्वागत गर्नुभएको थियो । रातोपाटीबाट