निर्वाचनमुखी गठबन्धनले देशलाई फाइदा पुग्दैन : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई फाइदा नपुग्ने बताउनुभएको छ । उहाँले गणित मिलाएर चुनाव जित्नका लागि मात्रै हुने गठबन्धनले देश र जनतालाई कुनै पनि फाइदा नपुग्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

काठमाडौंको पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्री समाजले गरेको ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले चुनावमा एजेन्डाका आधारमा गठबन्धनको संस्कार बसाल्नुपर्ने बताउनुभयो ।

‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ । त्यस्तो गठबन्धनले देशलाई कुनै उपलब्धि दिदैन,’ उहाँले भन्नुभयो, ‘आज सिंगो नेपालको साझा आवश्यकता र समस्या के हो ? त्यसको पहिचान गरेर त्यस्ता एजेन्डामा गठबन्धन गर्ने कि नगर्ने ?’ उहाँले जनता र जनजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक रहेको बताउनुभयो । ‘विचार, विषयसँग सामिप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन अहिले आवश्यक छ,’ उहाँले भन्नुभयो ।

नेता पौडेलले २०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गरेको भएपनि चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण गराउनुभयो । ‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो । चुनाव जितेपछि उहाँ जत्ति अस्थिर कोही भएन,’ पौडेलले भन्नुभयो, ‘त्यस्तो गठबन्धनको अर्थ छैन । स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार