
काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो । दुई देशबीचको आर्थिक सम्बन्ध थपविस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक नीजि साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान समेत परिसंघको आग्रह छ ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको संभावना भएपनि सन्तोस जनकरूपमा भारतीय लगानी भित्रिन नसकेका बताउनुभयो । ‘नेपालमा उत्पादन मूलक एवं पूर्वाधार विकासको क्षेत्र भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘यसमा सरकार र निजी क्षेत्र मिलेर काम गरौँ,’ अध्यक्ष अग्रवालले अर्थतन्त्रमा अहिले देखिएका असन्तुलन व्यवस्थापनका लागि पनि नेपालले भारतीय पर्यटक, लगानीकर्ता र ठूला कम्पनीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्ने जोड दिनुभयो ।
‘ठूला अन्तर्राष्ट्रिय कम्पनीको उपस्थितिले देशको छवि परिर्वतनमा सहयोग पु¥याउँछ,’ अध्यक्ष अग्रवालले भन्नुभयो, ‘भारतका सूचना प्रविधि, उत्पादन एवं अन्य क्षेत्रका ठूला कम्पनी नेपालमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय जगतमात्यसले दिने सन्देश फरक हुन्छ, त्यसकारण पनिहामीले उनीहरूलाई नेपालमाआकर्षित गर्नुपर्छ ।’राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने बताउनुभयो ।
उहाँले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहलगर्ने बताउनुभयो । ‘हाम्रा कतिपय कानुनी व्यवस्थासँग म आफैँ पनिसन्तुष्ट छैन, संशोधन गरेर लगानीकर्ता मैत्री बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘आवश्यकनीतिगत र कानुनी व्यवस्था गरेर लगानीकर्तालाई सहजीकरण गर्न जरुरी छ ।’ उहाँले उच्चस्तरीय दुई पक्षीय भ्रमणका माध्यमबाट पर्यटन तथा लगानी प्रवद्र्धनमा योगदान पु¥याउन सकिने बताउनुभयो । रातोपाटीबाट