काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरू भएको हो।यसअघि बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदन पढे पनि त्यसबारे आजको बैठकमा बोल्न पाउने छैनन्।केन्द्रीय सदस्यले ओलीको प्रतिवेदनमा लिखित सुझाव दिन पाउने व्यवस्था गरिएको छ।आजको बैठकमा सिपिएन युएमएल एप सार्वजनिक गर्ने र ओलीले मन्तव्य राख्ने कार्यसूची छ। स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्न बसेको एमाले केन्द्रीय कमिटी बैठक आजै सकिनेछ। सेतोपाटीबाट