समाजवादको गन्तव्यलाई एमालेले मात्रै अघि बढाउन सक्छ :ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशावोध’को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेलेमात्र अघि बढाउन सक्ने बताउनुभयो ।

त्यस्तै, उहाँले समाजवादको गन्तव्यमा पुग्न एमालेले आवश्यक नीति बनाउने धारणा राख्नुभयो । कसैप्रतिको द्वेष र कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति नबनाउने उहाँको भनाइ छ । कार्यक्रममा ओलीले नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मालगायतलाई एमाले प्रवेश गराउनुभएको थियो ।nagarikkhabar

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार