काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यू गिनी पीएनजीविरुद्ध पहिलो सफलता पाएको छ ।कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएपछि बलिङ्गमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाउनुभएको हो ।
सोमपालले पीएनजीका ओपनर हिरी हिरीलाई ४ रनमा आउट गर्नुभएको हो । सोमपालको बलमा हिरी विकेट किपर अनिल साहको हातबाट क्याच आउट हुनुभएको हो । यसै खेलबाट यू–१९ टिमका कप्तान देव खनालले एकदिवसीयमा डेब्यु गर्नुभएको छ । अनलाइनखबरबाट