
काठमाडौँ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै उनले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेविसंघ अब राजनीतिक मुद्दाहरूमा नभइ शैक्षिक मुद्दाहरूलाई अघि बढाउनतर्फ लाग्ने प्रतिवद्धता जनाउनुभयो । सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिनुभयो । उहाँले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताउनुभयो । उहाँले राजनीतिक मुद्दाहरु भन्दा शैक्षिक मुद्दाहरु बोकेर नेविसंघ अब अगाडि बढ्ने बेला भएको बताउनुभयो । केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसंघको नेतृत्वलाई लिएर उमेर हदको कुरा चलेपनि अबको नेतृत्वले युवाअवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताउनुभयो । रातोपाटीबाट