भरतपुर महानगरले सिंगो देशलाई सन्देश दिइरहेको छ : प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले विकासका दृष्टिले सिंगो देशलाई नै सन्देश दिएको दावी गर्नुभएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको प्रकाशकीय भवनको शिलान्‍याश गर्दै प्रचण्डले भन्नुभयो, ‘देशको मध्य भागमा रहेको यो महानगरले सिंगो देशलाई सन्देश दिइ नै रहेको छ।’ उहाँले विकासको गतिमा महानगर तीव्रगतिमा अगाडि बढिरहेको र यसलाई विदेशीहरुले पनि नियालिरहेकोको बताउनुभयो।

‘भरतपुर महानगरले आफ्नो कार्यकालभरी नै विकासका दृष्टिले धेरै महत्वपूर्ण आयोजनाहरु अगाडि ल्यायो,’ प्रचण्डले भन्नुभयो, ‘देशभर नै विकासको गतिमा भरतपुर महानगरपालिका तीव्र गतिमा गइरहेको छ भन्ने मान्यता स्थापित भयो । भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको छ । देश र देशबाहिर पनि भतरपुरको विकास मोडेल निकै चर्चित रह्यो । हाम्रा छिमेकीदेखि धेरै टाढा–टाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेका छन् ।’

यसो हुनुमा महानगरकी मेयरको दृढ इच्छाशक्ति र सकरात्मक सोच कारक रहेको प्रचण्डको दावी छ। ‘मैले भरतपुर महानगरपालिकाको मेयर दिमागमा जति बेला पनि महानगरपालिका र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्रै भेटेँ,’ उहाँले भन्नुभयो, ‘यहाँका वडाध्यक्षहरु धेरै नेपाली कांग्रेसका छन् । उहाँहरु असाध्यै राम्रा छन् भन्ने जहिले पनि । एमालेकासँग पनि त्यस्तै । सहज अन्तरक्रिया गर्न सक्ने । दृढ इच्छाशक्ति र सकरात्मक सोचका कारणले पनि अहिले भरतपुर महानगरको विकास प्रक्रियाले तिब्रता पाएको छ।’

जनप्रतिनिधिको हैसियतले आफूले पनि भूमिका खेलेको प्रचण्डको भनाइ छ। उहाँले भन्नुभयो, ‘चितवनकै जनप्रतिनिधिको हैसियतले यहाँ विकासमा काम अगाडि बढाउनका निम्ति मेरो ठाउँबाट राष्ट्रिय जिम्मेवारी महशुस गर्दै सिङ्गै राष्ट्रलाई पनि निजी, सहकारी र सार्वजनिकको साझेदारीको मान्यता जो स्थापित गर्न खोजेका छौं। त्यसको एउटा चितवन बन्नुपर्छ, भरतपुर बन्नुपर्छ भनेर नै आयोजनाहरु अगाडि बढेका हुन् ।’ अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार