सर्लाहीमा आगलागी हुँदा १३ घर जलेर नष्ट

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझको आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीय ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते भएका थिए।सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताउनुभयो । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ।

आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार