काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार दिउँसो साढे २ बजेतिर विदेशमन्त्री वाङ चीन प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। तीन दिनको भ्रमणका लागि उनी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए। nagariknews.nagariknetworkबाट