म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा ८५ हजार भन्दा बढी मतदाता भएका छन् । आइतबार निर्वाचन आयोगले अन्तिम मतदाताको नामावली टुंगो लगाएसँगै म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार ४१४ जना र अन्य १ जना रहेको निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाभर मतदान स्थल ७४ र मतदान केन्द्र १ सय १४ तोकिएको छ ।
जिल्लामा सबैभन्दा धेरै बेनी नगरपालिकामा २१ हजार ८४२ मतदाता र सबैभन्दा थोरै धवलागिरी गाउँपालिका १० हजार ९४० छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकामा १२ हजार २९, रघुगंगा गाउँपालिका १३ हजार ९४७ , मालिका गाउँपालिका १३ हजार २०१ मतदाता छन् । गएको स्थानीय तहमा म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता थिए ।