काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताउनुभएको छ । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती)समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपुर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनु पर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ ।
अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’ संविधानले उल्लेख गरे जस्तै आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नागरिक खबरबाट