नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गर्नुभएको छ । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ ।

उहाँ हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहनुभएको छ । उहाँ सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव हुनुहुन्थ्यो ।

थम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् । अंग्रेजीबाहेक उहाँ रोमानियाली र बंगाली भाषामा दख्खल राख्नुहुन्छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार