महोत्तरी । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रको निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।
माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन गर्ने निर्णय गरिसकेको छ ।
प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् । नागरिक खबरबाट