इमरान खानले विपक्षीलाई सरप्राइज दिने : ऊर्जामन्त्री हमद

एजेन्सी । पाकिस्तानका ऊर्जामन्त्री हमद अजहरले प्रधानमन्त्रीले आजको खेलमा जित हासिल गर्ने कुरामा आफू पूर्ण रुपमा विश्वस्त भएको बताउनुभएको छ ।मिडियासँगको कुराकानीमा उनले इमरान खानले विपक्षीलाई सरप्राइज दिने बताउनुभएको छ ।

इमरान खान सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावलाई उहाँले विदेशी षड्यन्त्र बताउँदै यो वर्तमान सरकारको विदेश नीतिलाई निस्तेज गराउने कोसिस भएको बताउनुभएको छ । उहाँले पाकिस्तान तहरिक–ए–इंसाफ एक राजनीतिक पार्टी भएकोले यसले असंवैधानिक र गैर कानुनी कुनै पनि व्यवहार नगर्ने विश्वास पनि दिलाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार