काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८९ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ सय ४२ रहेको छ ।