काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्यो ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि हो । यसअघि सन्दीपको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टी–२० सिरिज खेलेको थियो। लगत्तै नेपालले टी–२० विश्वकप छनोट खेलेको थियो । त्यसपछि युएईमा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्दा नेपालको प्रदर्शन राम्रो हुन सकेको थिएन।
यस्तै आज सम्पन्न टी–२० सिरिजअघि नेपाल र पपुवा न्युगिनीबीच एकदिवसीय सिरिज भएको थियो । दुई खेलको सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो।चार सिरिजमा खराब प्रदर्शन पछि पाँचौ सिरिजमा सन्दीपले आफ्नो कप्तानीमा नेपाललाई उपाधि दिलाए।