मालिका गाउँपालिका–४ मा कांग्रेसबाट भेजेन्द्रमान पुन वडा अध्यक्षका उम्मेद्धार

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षकाे उम्मेद्धारमा नेपाली कांग्रेसले भेजेन्द्रमान पुनलाई सिफारीस  गरेकाे । । आइबातर बसेको कांग्रेस वडा इकाई समिति भेलाले पुनलाई आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको लागि उम्मेद्धार छनौट गरेर  पालिकामा सिफारिस गरिएको वडा इकाई सभापति तमबहादुर पुनले जानकारी दिनुभयो । पुन च्युरीबोट निवासी हुनुहुन्छ ।

भेलाले केही वडा सदस्यको उम्मेद्धार टुंगो लगाएको र बाँकी छलफलबाट छनौट गरिने उहाँले बताउनुभयो । पुन समाजसेवामा सक्रिय हुनुहुन्छ । इमानदार छवि बनाउनुभएका पुन खरो स्वभावका हुनुहुन्छ । पुन २०७४ को निर्वाचनमा झिनो मतान्तरले वडा अध्यक्षमा पराजित हुनुभएको थियो । वडाको विकासका लागि आफुले वडा अध्यक्ष पदमा उम्मेद्धारी दिएको बताउनुभयो । माओबादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले वडाबासीको अपेक्षा अनुसार विकासको काम गर्न नसकेको कांग्रेसको आरोप छ ।माओबादी केन्द्रले रेशम पुनलाई वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार