काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ पीसीआर परीक्षणमा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परीक्षणमा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५७ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ सय ६५ रहेको छ ।