टाइफाइडविरुद्ध खोप सम्बन्धी अभिमुखिकरण ,म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाईने

म्याग्दी । दक्षिण पूर्वि एसियाली मुलुकहरुमध्ये नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप प्रदान गरिने भएको छ । म्याग्दीमा २८ हजार ७ सय १८ बालबालिका र विद्यार्थीलमई खोप लगाइने भएको हो ।

नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७ सय १८ जना बालबालिका र विद्यार्थीहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाको १ नगरपालिकासहित ६ वटै पालिकाहरुमा चैत २५ गते शुक्रबारदेखि खोप अभियान चलाउने निर्णय गरेको कार्यालय प्रमुख लम्साल बताउनुभयो ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि धवलागिरी, मंगला र मालिका गाउँपालिकामा आवश्यक सामग्री पु¥याइसकेको समेत लम्सालले जानकारी दिनुभयो । बाँकी शुक्रबार सम्म पु¥याइने उहाँले बताउनुभयो । खोप अभियानबारे विहिवार आयोजित पत्रकारहरुसंगको अभिमुखीकरण कार्यक्रममा विद्यालय स्तरसम्मै खोपकेन्द्र सञ्चालन गरेर लक्षित उमेरका विद्यालयभित्र र बाहिर रहेका समेत बालबालिकाहरुलाई खोप लगाउनका लागि अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

टाइफाइडविरुद्धको खोप नेपालसरकारले राष्ट्रिय अभियान कै रूपमा देशभर चैत २५ गतेदेखि १८ गतेसम्म सञ्चालन गर्न लागिएता पनि म्याग्दीमा भने चैत २५ देखि वैशाख २ गतेसम्ममा खोप लगाइसक्ने गरि अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप अभियानका लागि २३० खोप केन्द्र सञ्चालन हुनेछन् । स्थानीय तहहरुसंग समन्वय खोपको तालिका नै सार्वजनिक गरि खोप लगाउन लागिएको छ । १२५ जना लक्षित समुदायको बालबालिका रहेको विद्यालयमै खोप केन्द्र सञ्चालन गरिने र कम भएका बालबालिकाहरुलाई नजिकको पायक पर्ने केन्द्रमा ल्याएर खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानका लागि २३० जना स्वास्थ्यकर्मी, ४६० जना स्वयंसेवक र ५७ जना सुपरिवेक्षक समेत परिचालन गरिने कार्यालय प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार, हरेक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयंसेवीका र एक जना महिला शिक्षक परिचालन हुनेछन् । खोप अभियानमा परिचालन हुने स्वास्थ्यकर्मी, स्वयंसेविका र शिक्षकलाई आबश्यक तालिम तथा अभिमूखिकरण गरिसकिएको छ ।

खोप अभियानलाई प्रभाबकारी बनाउन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन भएको छ । उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् । यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३ औँ टाइफाइड विरुद्धको खोप थप गरिने भएको हो । दादुराररुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने जनाइएको छ ।

अरू खोपमा झैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैँ ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइडमा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको दुख्ने, जिउ दुख्ने र जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, रगत बग्ने ,प्वाल पर्ने शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने र मस्तिष्कसम्बन्धी जटिलता समेत देखिने जनाइएको छ ।

टाइफाइडलाई समयमानै उपचार नगरेमा करिब १० प्रतिशतले ३ महिना भन्दा पछिसम्म अरुलाई सार्न सक्ने र ५ प्रतिशत व्यक्तिहरुको पित्त थैलीमा व्याक्टेरिया लामो समयसम्म रही रककेर अरुलाई संक्रमण गराउन सक्ने साथै सो व्यक्तिलाई पित्त थैलीको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । उक्त खोप लगाएपश्चात खोप लगाएको ठाउँमा रातो हुने,सुन्निने वा दुख्ने , हल्का ज्वरो आउने , टाउको दुख्ने , आलस्य लाग्ने, शरीरमा विविराहरु आउने , हात खुट्टा दुख्ने , जोर्नी दुख्ने ,वाकवाकी लाग्ने, वान्ता हुने जस्ता लक्षण हरु देखा पर्न सक्छन । उक्त अवसरमा विश्व स्वास्थ्य दिवसका अवसरमा समेत प्रस्तुतिकरण राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार