मगर सघं युकेको अध्यक्षमा पुन विजयी

लण्डन । नेपाल मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । मगर संघ युकेको सातौं महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गर्नुभएको हो ।सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि अध्यक्षका आकाँक्षी २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढेको थियो ।

राम गलामी मगरलाई ३ मतान्तरले पछाडी पार्दै अध्यक्षमा सिता पुन मगरले जित हासिल गर्नुभएको हो । ८ सय ६४ मतदाता मध्ये कुल खसेको ४ सय ३१ मतमा अध्यक्षका प्रत्यासी गलामीले २ सय १३ र निर्वाचित पुनले २ सय १६ मत प्राप्त गर्नुभएको छ । यो सगैं संघले महाधिवेशनबाट महिला आकांक्षी नेतृत्व सम्हाल्ने सपना पुरा भएको छ ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुन मगर,उपाध्यक्ष रुद्र थापा मगर ,उपाध्यक्ष होम रोका मगर,महिला उपाध्यक्ष निर्मला थापा मगर,सचिब गुमानसिंह थापा मगर ,सह–कोषाध्यक्ष थाम बहादुर रोका मगर तथा सदस्यहरुमा रुकबहादुर आले मगर ,गोमानसिंह पुन मगर ,सरला थापा रोका मगर,नुनु पाइजा मगर ,टेन्याङ्ग (सरु)राना मगर,सुशिला मगर,रमेश दुरा मगर,मोहन बहादुर थापा मगर,किशोर राना मगर,नरेश थापा मगर ,बोधबिक्रम थापा मगर लगायत निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदमा निर्वाचित भएपश्चात पुनले यो जिम्मेवारी सुम्पिने सम्पूणर्लाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले मगर समुदायको कला संस्कृति र रितिरिवाजलाई जोगाउँदै बेलायतमा रहेका सम्पुर्ण मगर समुदायका नेपालीहरुलाई सघंमा आबद्ध गराएर एकताबद्ध गराउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।म्याग्दीकी पुनसंग मोना युके लगायत विभिन्न संघसंस्थामा काम गरेको अनुभव छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार