नेपाल छन्त्याल संघको अध्यक्षमा पुन: मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित (फोटो फिचर)

बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक चित्र घरब्जा छन्त्यालले बताउनुभयो । महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मनमायाँ छन्त्याल १ सय ८५ प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

यसैगरी ,कार्यसमितिको पाँच उपाध्यक्षमा हरिचन छन्त्याल (खुल्ला) , यमुना छन्त्याल (महिला) ,खिमबहादुर छन्त्याल (गण्डकी प्रदेश ) ,लोकप्रसाद छन्त्याल (लुम्बिनी प्रदेश) र चक्र बहादुर घरब्जा छन्त्याल(प्रदेश नम्बर ३) ,महासचिवमा कृष्णबहादुर छन्त्याल ,कोषाध्यक्षमा शिवप्रसाद छन्त्याल , उपमहासचिवमा घनबहादुर छन्त्याल ,सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल ,सचिवमा समप्रसाद छन्त्याल,महिला सचिवमा थममाया छन्त्याल सर्वसम्मत चयन हुनुभएको छ । भने सदस्यहरुमा तीन खुल्ला सदस्यहरु मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजयी हुनुभएको छ । महाधिवेशनबाट पदाधिकारी र सदस्यहरु सहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा निर्वाचित छन्त्याल जिल्लाको मालिका गाउँपालिका–४,छाप निवासी हुनुहुन्छ । अध्यक्षमा निर्वाचित बुढाथोकी छन्त्यालले आफ्नो अधिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताउनुभएको छ । सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनमा जान बाध्य भएको अध्यक्ष छन्त्यालल बताउनुभयो । उहाँले संघको विद्यान अनुसार छन्त्याल जातिको हकअधिकारको लागि आफुले सधैं आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

याे पनि‍‍‍‍…

https://myagdinews.com/2022/04/%e0%a4%9b%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a5%8c%e0%a4%82-%e0%a4%b0%e0%a4%be%e0%a4%b7/

उहाँले छन्त्याल जातिको भाषा ,कला ,भेषभुषा ,संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्न पहल गर्ने बताउनुभयो । ‘यो थप जिम्मेबारीलाई सफलतापूर्वक सम्पन्न गर्नेछु’ ,‘मैले थप केही योजना सहित आउने प्रतिबद्धता जनाउँछु’ अध्यक्ष छन्त्यालले भन्नुभयो । आइतबार नै सपथग्रहण लगत्तै पहिलो बैठक बस्ने अध्यक्ष छन्त्यालको भनाई छ । कुल तीन सय ८५ मध्ये तीन सय ३२ मत खसेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार