स्थापना दिवसमा नेविसंघ म्याग्दीद्धारा बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग(तस्बिरहरु)

बेनी । नेपाल विद्यार्थी संघ म्याग्दीले जिल्लाको बेनी स्थित बालगृहलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका विच बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग गरेको हो ।

उक्त सामग्री नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्री र बालगृहका बालबालिकालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । सभापति गर्बुजाले सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष खत्रीले बालगृहका बालबालिकालाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेर स्थापना दिवस मनाइएको बताउनुभयो । उहाँका अनुसार ,स्थानीय तहको निर्वाचनमा विद्यार्थीको भुमिका विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।मंगलबारदेखी जिल्लाका सबै माविमा नेविसंघले सदस्यता वितरण र संगठन विस्तार थाल्ने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

जिल्ला कोषाध्यक्ष सनम चोखालको स्वागत र सचिव विशाल खत्रीले संचालन गर्नुभएको कार्यक्रममा नेविसंघ म्याग्दीका पुर्व अध्यक्ष तथा कांग्रेस म्याग्दीका सचिव भरत रकाल ,नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई सभापति सुजता खत्री लगायतले बोल्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार