एमालेको घोषणा पत्र अनुमोदन, वैशाख ९ मा सार्वजनिक गर्ने

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको सचिवालय बैठकले घोषणा पत्र पारित गरेको हो।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय तहको घोषणा पत्रको मस्यौदा पारित भएको छ। घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको थियो। एमालेले वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।
साथै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी एमालेको छ। बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गर्ने र समवय कमिटीमा ५१ जना थप गर्ने निर्णय पनि गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार