बुटवल । रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
यादवलाई जसपा नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज राईलगायतले पार्टीमा प्रवेश गराउनुभएको हो।यादवले कांग्रेसमा व्यक्तिवाद हाबी भएको, पुराना त्यागी नेताहरूलाई बेवास्ता गरी नवप्रवेशीलाई अवसर दिने परिपाटी विकास भएकाले पार्टी परित्याग गरेको बताउनुभयो । यादव अघिल्लो स्थानीय चुनावमा एमालेका हरि अधिकारीसँग पराजित हुनुभएको थियो। अनलाइनखबरबाट