महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसक्नुभएको छ ।

लोसपाले आजबाट उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो । जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको कार्यकारिणी सदस्य अकवाल मियाँले बताउनुभयो ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार चयन प्रकृया, चुनावी गठबन्धन लगायतको बारेमा आफ्नो धारणा राखेका थिए । यसअघि नै चुनावी गठबन्धनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइसकेको छ । आवश्यकताअनुसार जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय सो पार्टीले यसअघि नै गरिसकेको छ ।

लोसपामा देशभरबाट सिफारिस भएका उम्मेदवार अनुसार अध्यक्ष ठाकुरले हालसम्म १३ हजार मनोनयपत्र (टिकट) मा हस्ताक्षर गरिसक्नुभएको छ । जिल्लाबाट अझै सिफारिस आउने क्रम जारी रहेको जनाइएको छ । सर्वसम्मत रुपमा सिफारिस भएर आएकाको हकमा शुक्रबारबाट टिकट वितरण सुरु गरिने नेता मियाँले बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार