![](https://myagdinews.com/wp-content/uploads/2022/02/renu-dahal.jpg)
चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लाग्नुभएको हो ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उहाँका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताउनुभयो । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । अनलाइनखबरबाट