![](https://myagdinews.com/wp-content/uploads/2022/04/rfrf.jpg)
काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाउनुभएको छ ।
त्यस्तै घोषणापत्रमा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक उर्जा, औद्योगीकरण, आर्थिक बृद्धि, रोजगारी, जेष्ठ नागरिक, बालबालिका, विकास र वातावरणको सन्तुलन, मेलमिलाप लगायतलाई जोड दिएको वरिष्ठ नेता पोखरेलले जानकारी दिनुभयो । त्यस्तै उहाँले एमालेको नेतृत्व रहेका पालिकाहरु सुशासनका नमुना बन्ने भन्दै भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने बताउनुभयो। मुलुकको अग्रगतिमा बाधक बनेको वर्तमान सत्ता गठबन्धन यसको बहिर्गमन अनिवार्य भएको एमालेको घोषणापत्रको निष्कर्षमा भनिएको छ । रातोपाटीबाट