वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔं : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो ।

उहाँले पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले अनुसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो ।

उहाँले देशमा वायुप्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो । ‘पेट्रेलियम पदार्थको मूल्य वृद्धि र वायुप्रदूषण दिनप्रतिदिन बढिरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार