दाहालले दिइन् मेयर पदबाट राजीनामा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्ने भएपछि उहाँले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो ।

उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिनुभएको हो ।

पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार