
धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरापलिका मेयरका आकांक्षी पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बोले नेकपा (एमाले)ले गरेको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले नेकपा (एमाले)ले धरानको मेयरमा हालका बहालवाला उपमेयर मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम लिम्बूको नाम सार्वजानिक गरेपछि मेन्याङ्बोले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेख्नुभएको छ, “धरान उपमहानगरपालिकाको मेयरको चयनमा हाम्रो पार्टी नेकपा (एमाले)ले यति अप्रिय निर्णय गर्ला भन्ने धरानका नेता, कार्यकर्ता तथा मतदाताहरुले कल्पना पनि गरेका थिएनन् तथापि बोकेर हिँड्न मजबुर छौँ हामी कार्यकर्ताहरु ।”
यसपटकको स्थानीय निर्वाचनमा धरानमा कम्युनिस्टले गुमाएको साख फर्काउन सक्ने थियो, पार्टीको अप्रिय निर्णयले धरानमा नेकपा ९एमाले०लाई अब गाह्रो भएको मेन्याङ्बेले भन्नुभयो। पार्टीको निर्णयप्रति चित्त नबुझेकाले मैले फेसबुकमा आफ्नो विचार उल्लेख गरेको हुँ भन्दै पूर्वनगरप्रमुख मेन्याङबोले पार्टीको यस्तो निर्णयले धरानका नेता कार्यकर्ता र मतदाताहरु निरास छाएको बताउनुभयो। तर, पनि उनले पार्टीले गरेको निर्णय हो मान्नै पर्छ तर पनि यो निर्णयले आम धरानबासी नेता कार्यकर्तालाई निराश बनाएको उनको भनाइ छ ।
उहाँले भन्नुभयो, “मैलेनै मेयर पाउनुपर्छ भन्न खोजेको होइन तर धरानका लागि धरानबासीले रुचाएको नेतृत्वलाई अघि सार्नुपर्ने थियो त्यो भएन ।”एक कार्यकाल धरान उपमहानगरपालिकाका उपप्रमुख र एक कार्याकाल प्रमुख भएर काम गरिसकेका मेन्याङ्बो धरानका लागि एमालेबाट विजयी हुने नेताकारुपमा धरानबासीले लिएका थिए । तर, शनिबार साँझको एमालेको केन्द्रीय सचिवालयको बैठकको निर्णयप्रति अहिले सामाजकि सञ्जालमा असन्तुष्टिहरु धमाधम पोखिन थालेका छन् । नागरिक खबरबाट