![](https://myagdinews.com/wp-content/uploads/2022/04/ganess.jpg)
काठमाडौँ । अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहनुभएको थियो ।
उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताउनुभयो । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । ‘यसमा युवाहरूको पनि चासो बढी रहेको छ । जित लगभग सुनिश्चित जस्तै छ,’ उहाँले भन्नुभयो । रातोपाटीबाट