चुनाव लड्ने मन छैन : गुरुङ

पोखरा । नेकपा (एमाले)ले पोखराको उपमेयरमा हालकै उपमेयर मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।

मन्जु अहिले केन्द्रीय सदस्य हुनुहुन्छ भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मञ्जुले आफू यसपालि चुनावै नलड्ने बताउनुभएको थियो। त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उहाँले इच्छा देखाउनुभएन र बाहिरै बस्नुभयो । चुनाव लड्ने चाहना नभए पनि मञ्जुलाई एमालेले टिकट दिएको छ । तर, उहाँ सन्तुष्ट हुनुहुन्न । चाहाना राख्नुभएको छैन ।

नलड्ने नै भन्नुभएको छ,’ उहाँका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भन्नुभया्े, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्त हुनुहुन्छ ।’ गुरुङले कसैको पनि फोन उठाएकी छैनन् । त्यसो त पार्टीमा आफूभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उहाँ सन्तुष्ट हुनुहुन्न । पोखराका एमाले नेता कार्यकर्ताले समेत गुरुङलाई उपमेयर र पौडेललाई मेयर दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भन्नुभएको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार